बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दोस्रो चरणको निर्वाचनको अनुगमनका लागि ७५ जना सहसचिव खटाइयो

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : २४
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ-  निर्वाचन आयोगले मंसिर २१ गते दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अनुगमनका लागि नेपाल सरकारका ७५ जना सहसचिवलाई खटाएको छ । 

अनुगमन टोली प्रमुखको जिम्मेवारी पाएका  सहसचिवले भोलि मंसिर ७ देखि २३ गतेसम्म तोकिएको जिल्ला र निर्वाचन क्षेत्रमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने सन्दर्भमा समन्वय र सहजकर्ताको समेत भूमिका निर्वाह गर्नेछन्  । 

निर्वाचन आयोगले उनीहरुलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने जो कसैलाई पनि ठाउँका ठाउँ कारबाही गर्न सक्ने अधिकार प्रदान गरेको छ । उनीहरुले प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकृत र जिल्ला निर्वाचन अधिकारीसँग समन्वय गरेर काम गर्नेछन्  । 

निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने सन्दर्भमा तटस्थ भूमिकामा राजनीतिक दल र उम्मेदवारसँग पनि सम्पर्क र समन्वय गर्ने सक्ने अधिकार प्रदान गरिएको आयोगले जनाएको छ । अनुगमनमा खटिने टोली प्रमुखका लागि आयोजना गरिएको अभिमुखीकरणको शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनलाई स्वतन्त्र, स्वच्छ र विश्वसनीय बनाउन अनुगमनमा खटिनुभएका प्रमुखहरूको भूमिका महत्वपूर्ण हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप