शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवका तीन कार्यकर्ता पक्राउ

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ०५
मङ्गलबार, ०५ मङ्सिर २०७४


बनेपा, ५ मंसिर - विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्तालाई आज काभ्रेपलाञ्चोकमा प्रहरीले पक्राउ गरेको छ । 

उनीहरुलाई पार्टीका विभिन्न काममा संलग्न भएको अवस्थामा जिल्लाको चाँैरी देउराली गाउँपालिकाका डिल्लीप्रसाद दुलाल, भीमसेन गौतम र बनेपा–१ का रामकुमार तामाङलाई पक्राउ गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिए । चुनावलाई लक्षित गरी प्रहरीले उनीहरुमाथि निगरानी बढाउँदै आएको थियो । तीनै जना जिल्लास्तरीय कार्यकर्ता हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप