रौतहट बम काण्डका घाइते भेट्न अस्पताल पुगे प्रचण्ड (भिडियो)
काठमाडौँ । रौतहटको बम काण्डमा घाइते भएका दुई जनालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन मेडिकल कलेज पुगेका छन् ।
मंगलबार साँझ चितवन मेडिकल कलेजमा पुगी रौतहटको बम काण्डमा घाइते भएका सरिता राई र जैविक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
मंसीर २ गते अज्ञात समूहको बम आक्रमणबाट घाइते आमा सरिता र छोरा जैविकको चितवन मेडिकल कलेजको सघन उपचार कक्षको बेड नं १४ र १५ मा उपचार भइरहेको छ।
प्रचण्ड अस्पताल पुगेर उनीहरुको स्वास्थ अवस्थाबारे जानकारी लिनका साथै शीर्घ स्वास्थ्य लाभको काम पनि गरेका थिए । उनले डाक्टरहरुलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न आग्रह पनि गरेका थिए ।
बाम गठबन्धनको वडा नम्बर ५ को भेलालाई लक्षित गरी रौतहटको चन्द्रपुर गाउँपालिकाको राधाकृष्ण मन्दिर छेउमा अज्ञात समूहले बम विस्फोट गराउँदा दुई जनासहित अन्य छ जना घाइते भएका थिए ।
आइतबार मात्र पुत्र प्रकाश दाहाललाई गुमाएका प्रचण्ड आज चितवन पुगेर चुनावी तथा श्रद्धाञ्जलीमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह