शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा महिलाको शव फेला

मङ्गलबार, ०५ मङ्सिर २०७४, १८ : ३६
मङ्गलबार, ०५ मङ्सिर २०७४

राजविराज । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका– ५ स्थित कोशी पलारमा हातखुट्टा, शरीर र टाउको छुट्टाछुट्टै काटिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । 

जिल्लाको कोशी पलारको झाडीमा दुवै हात, दुबै खुट्टा र टाउको समेत काटिएको र बोरामा बाँधिएको अवस्थामा आज शव फेला परेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । 

अन्दाजी ३०–३५ वर्षकी ती महिलाको पहिचान हुन नसकेको र यस बारेमा तीव्ररुपमा अनुसन्धान भइरहेको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप