बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उच्चस्तरीय निर्वाचन सुरक्षा समिति बैठकमा के–के भयो ?

मङ्गलबार, ०५ मङ्सिर २०७४, १७ : ५६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं–देशभर चुनाव विरोधी गतिविधि भएपछि आज निर्वाचन आयोगमा उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक बसेको छ । 
वैठकमा 
–प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनलाई सफल बनाउन सुरक्षा निकायहरुले आपसी समन्वयमा गरेका कार्यबाट आम जनताले महसूस गर्ने गरी सुरक्षाको वातावरण बन्ने विश्वास व्यक्त गरे ।प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदातालाई सुरक्षाप्रति आवश्वस्त पार्न नेपाल सरकारसँग आग्रह गरे । उनले निर्वाचनको मौन अवधि सुरु भएपछि थप सजगताका साथ सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशनसमेत दिए । 
–बैठकमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले सु्रक्षा निकायले तयार गरेको सुरक्षा योजनालाई थप सक्रियताका साथ कार्यान्वयन गर्न सुझाव दिए । 
–उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक एवं माननीय निर्वाचन आयुक्त सुधीरकुमार शाहले सुरक्षा खलबल्याउन प्रयत्न गर्नेलाई कानूनअनुसार कारबाही गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्ने र राजनीतिक दलले समेत सुरक्षा कार्यमा सहयोग पु¥याउनुपर्ने धारणा राखे । उनले  अहिलेको सुरक्षा प्रबन्ध र कार्यान्वयनको अवस्था सन्तोषजनक रहेको भए पनि सुरक्षा निकायहरू थप चनाखो भई कार्यक्षेत्रमा खटिनु पर्ने बताए । 
–गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले सुरक्षा निकायहरुबीच उच्चस्तरको सम्पर्क एवं समन्वय रहेको र  निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिई कानूनअनुसार कारबाही गरिरहेको र निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार प्रतिबद्ध रहेको बताए ।
–रक्षा मन्त्रालयका सचिव विनोद के.सी. ले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्नका लागि गर्नुपर्ने सहयोग गर्न नेपाली सेना सदा तत्पर रहेको बताए ।
–आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले सुरक्षा निकायहरूबीचको लगातारको सम्पर्क, समन्वय र सहयोगबाट मतदातालाई सुरक्षाको प्रत्याभूति दिन सकिने हँुदा मतदातालाई सुरक्षाको अनुभूति हुने गरी सुरक्षा निकायहरुलाई थप प्रयास गर्न सुझाव दिए ।
–नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका मुख्य निर्देशक दिलिपराज रेग्मी र नेपाली सेनाका उपरथी शरद गिरीले आ–आफ्ना संगठनबाट सम्पादन भइरहेका कार्य प्रगतिका बारेमा अवगत गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप