शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाशको सम्झनामा गीत गाउन गएका जनगायक हृदयघातले मंचमै ढले

मङ्गलबार, ०५ मङ्सिर २०७४, १७ : ०७
मङ्गलबार, ०५ मङ्सिर २०७४

चितवनमा बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गित गाउन गएका एक जनकलाकारको मृत्यु भएको छ ।

जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघातले मृत्यु भएको छ । 

उनी अचानक ढलेपछि उनलाई उपचारका लागि नारायणी सामुदायिक अस्पताल लगिएको थियो । 


तर, डाक्टरले ढिला भैसकेको बताएका थिए ।


अस्पातल र स्थानीय प्रहरीले उनको मृत्युको पुष्टी गरेका छन् । 

चुनावीसभा सभिएपछि त्यहीँबाट पाख्रिनको मृत्युको  घोषणा गरिएको थियो । 

भरतपुर-९ को हाकिमचोकमा आज बामगठबन्धनको चुनावी सभा थियो ।


सोही सभालाई प्रचण्डपुत्र प्रकाशको मृत्युपछि श्रद्धान्जलीसभा परिणत गरिएको थियो । 


पाख्रिनले २०३८ सालदेखि निरन्तर जनवादी गीत गाउँदै आएका थिए ।

माअ‍ोवादीको बहुचर्चित चुनवाङ वैठकमा प्रचण्ड र बाबुरामसहितका माओवादी नेतालाई रुवाउने गित उनी पाख्रिनले लेखेका थिए ।

उनी पहिलो सविधानसभामा उनी सांसद थिए । उनी भरतपुर महानगरपालिका १९ का निवासी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप