बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मकवानपुरमा उत्कृष्ट १० महिला उद्यमी छनोट

मङ्गलबार, ०५ मङ्सिर २०७४, १५ : १८
मङ्गलबार, ०५ मङ्सिर २०७४

मकवानपुर– मकवानपुरबाट १० उत्कृष्ट महिला उद्यमीहरुको नाम घोषणा गरिएको छ । 
अक्सफामको सहयोगमा नारी सीप सृजना केन्द्र, मकवानपुरले भूकम्प प्रभावित समुदायमा आयआर्जन तथा खाद्य सुरक्षा बढाउनका लागि सञ्चालन गरेको  जीवनस्तर पुननिर्माण कार्यक्रम अन्तर्गत २० महिला उद्यमी मध्येबाट १० जना छनोट गरिएको हो ।  
दायित्व  ग्रामिण उद्यम प्रर्वद्धन कार्यक्रम अन्तर्गत नेपाल लिडरसीप एकेडेमी र नारी सीप सृजना केन्द्रको सहकार्यतामा ती  उद्यमी छनोट गरिएको हो । 
दायित्वले विगत २०१४ साल देखि पाल्पा, गुल्मी र रामेछाप जिल्लामा ग्रामिण उद्यम प्रवर्दन कार्यक्रम कार्यन्वयन गर्दै आइरहेको छ ।   
छनौटमा परेमा उद्यमीहरुले प्रमाण पत्रको साथमा प्रोत्साहन स्वरुप नगद पनि प्राप्त गरेका छन् ।  छनौटमा परेका उद्यमीहरुलाई नेतृत्व विकासको तालीमको साथमा अन्य प्राविधिक तालिम र व्यवसायीक परामर्श पनि प्राप्त गर्ने दायित्वकी सञ्जु पौडेलले बताइन् ।
 उत्कृष्ट १० मा परेका महिला उद्यमीहरुमा      कल्पना ठकुरी, भीम माया रूम्बा,     बिमला बलामी    , रिता गोपाली    , रिता कुमारी ठकुरी, समिता बलामी, ,  सरिता बलामी, सरिता बस्नेत, निर्मला लामा र पार्वती उप्रेती रहेका छन् । उनीहरु तरकारी खेती, बाख्रपालन, टेलरिङ कुखुरापालनलगायायतका उद्यममा संलग्न थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप