शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजा चाहिन्छ’ भन्ने राजेन्द्र लिंदेनमाथि कृष्ण सिटौलाको हमला

मङ्गलबार, ०५ मङ्सिर २०७४, १४ : १४
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं–नेपाली काँग्रेसका नेता एवम् झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले ‘राजा चाहिन्छ’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टीलाई  पराजित गर्ने दाबी गरेका छन् । 

नेता सिटौलाले आफ्ना प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङदेनजस्ता ‘राजा चाहिन्छ’ भन्ने मान्यता बोकेकाहरुलाई यो निर्वाचनबाट आफूले समाप्त पार्न चाहेको तर्क गरे । 

 मंगलबार झापा जानु अघि काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्टयाउने खोज्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा मतदान नगर्न पनि आफ्ना निर्वाचन क्षेत्रका मतदातालाई अपिल गरे । 

 नेता सिटौलाले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता जस्ता परिवर्तन विरोधी शक्तिलाई एमाले र माओवादी केन्द्रले सघाउने हुन वा होइनन् त्यो भने हेर्न बाँकि रहेको प्रतिक्रिया पनि दिए । 
 झापामा लोकतान्त्रिक गठबन्धनविरुद्ध उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एमाले, माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनको साथ छ । नेता सिटौलाले परिवर्तन विरोधी धारलाई समाप्त पारेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा अघि बढाउन आफूले चाहेको पनि स्पष्ट पारे । 

काँग्रेस नेता सिटौलाले शान्ति प्रक्रियालाई पूर्णता दिन ढिलाई गर्न नहुनेमा पनि दिए ।  शान्ति सम्झौता भएको ११ वर्ष पूरा भएको दिनको स्मरण गर्दै उनले शान्ति प्रक्रियालाई पूर्णता दिने काममा ढिलाई गर्न नहुने धारणा राखे ।  नेता सिटौलाले द्धन्द्ध पीडितलाई न्याय दिएर मात्रै शान्ति प्रक्रियालाई पूर्णता दिन सकिने पनि स्पष्ट पारे । 

काँग्रेस नेता सिटौलाले मुलुकमा राजनीतिक परिवर्तन भएपनि शान्ति प्रक्रियामा बाँकि कार्यभार पूरा हुन नसकेकोमा चिन्ता पनि व्यक्त गरे ।  तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन नेता सिटौलाले अग्रणी भूमिका निर्वाह गरेका थिए । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप