शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गममा मतपेटिका ढुवानी गर्न हेलिकप्टर

मङ्गलबार, ०५ मङ्सिर २०७४, १३ : ४३
मङ्गलबार, ०५ मङ्सिर २०७४

सोलुखुम्बु -सोलुखु्म्बुको अति दुर्गम क्षेत्रबाट केन्द्रसम्म मतपेटिका ढुवानी गर्न हेलिकप्टर प्रयोग गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा बसेको सर्वपक्षीय छलफलमा अतिदुर्गम क्षेत्रबाट मतपेटिका ढुवानी गर्न हेलिकप्टर व्यवस्थापनका लागि निर्वाचन आयोगमा अनुरोध गर्ने निर्णय गरिएको हो । 

भौगोलिक विकटता, मौसम प्रतिकूलता र यातायात, सञ्चार असुविधाका कारण हेलिकप्टरबाट ढुवानी गर्न सहज र सुरक्षित हुने भएकाले सो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । 
लिखुपिके गाउँपालिका, खुम्बु पासाङल्ह्मु गाउँपालिकामा रहेको मतदान केन्द्र अति दुर्गम मानिएको छ । महाकुलुङ र दूधकौशिका गाउँपालिकाको केही भागमा रहेको मतदान केन्द्र पनि अति दुर्गममा पर्दछन् । 

यही मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनमा यस जिल्लामा ११८ मतदानस्थल र १२५ मतदान केन्द्र छन् । 

उक्त केन्द्र सदरमुकामदेखि ९६ किलोमिटर दुरीमा छ । जहाँ पुग्न सदरमुकामदेखि चार दिन पैदल हिँड्नुपर्छ । चिसो बढेसँगै भरिया पाउन पनि समस्या हुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप