शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचन विरुद्ध गतिविधि गर्ने पक्राउ

मङ्गलबार, ०५ मङ्सिर २०७४, १३ : ४०
मङ्गलबार, ०५ मङ्सिर २०७४

मोरङ - आसन्न निर्वाचन विरुद्ध गतिविधि गरेको अभियोगमा विभिन्न स्थानबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापा नेतृत्वको टोलीले सो पार्टीका मोरङ इञ्चार्ज पुस्कर श्रेष्ठसहित नेता कार्यकर्तालाई पक्राउ गरेको हो । 

त्यस्तै पार्टीका क्षेत्रीय इञ्चार्ज डिल्ली नेपाली, कार्यकर्ताहरु जगत मगर, प्र्रकाश घिमिरे र गोविन्द कार्कीलाई पक्राउ गरेको प्रहरी निरीक्षक थापाले राससलाई जानकारी दिनुभयो । 

उहाँकाअनुसार निर्वाचनका विरुद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायत गतिविधिमा संलग्न हुन थालेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो । 

पक्राउ परेका विरुद्धमा आजै सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप