शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आचारसंहिता विपरित नुवाकोटका सिडिओ र एसपीको सरुवा, रामशरणका प्रतिस्पर्धी आक्रोशित

मङ्गलबार, ०५ मङ्सिर २०७४, १३ : २२
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं– निर्वाचन आचारसंहिताविपरित नुवाकोटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको सरुवा गरिएको छ ।   

शुक्रबार नुवाकोटको  ककनीस्थित चिया बगानमा भएको बम काण्डको विषयलाई लिएर  गृहमन्त्रालयले  नुवाकोटका प्रमुख जिल्ला अधिकारी जगदीशराज बराल र प्रहरी प्रमुख एसपी वीरेन्द्र कुमार बस्यालको सरुवा गरेको हो । 

स्रोतका अनुसार नयाँ सिडिओको रुपमा  गृह मन्त्रालयले वीरेन्द्र कुमार यादवलाई पठाएकाे छ।  उनी आजै   हाजिर हुने स्रोतले जनाइएको छ  । यादव  गृहमन्त्रालयको कर्मचारी प्रसाशन शाखाका प्रमुख थिए ।

  यस्तै नयाँ प्रहरी प्रमुखको रुपमा एसपी  बसन्तु कुँवरलाई पठाइएको छ ।  उनी ४ नम्बर प्रदेश प्रहरी कार्यालय पोखरामा कार्यरत थिए । 
 शुक्रबार ककनीमा नुवाकोट क्षेत्र नम्बर १ का  प्रतिनिधिसभा उम्मेदवार रामशरण महत र  प्रदेशसभातर्फका उम्मेदवार रमेश महतलाई लक्षित गरेर थापिएको एम्बुसमा परेर ५ जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए । 

सोहि घटनालाई देखाउँदै जिल्लामा प्रभावकारी शान्तिसुरक्षा दिन नसकेको बहानामा  सिडिओ र एसपीको सरुवा गरिएको हो । 

नयाँ सिडिओको जिम्मेवारी पाएका यादवले यसबारे पुष्टि गरेका छन् । उनले आफूलाई नुवाकोटको  प्रजिअको जिम्मेदवारी दिइएको रातोपाटीलाई बताए । 

यसैबीच भोजपुर, सोलुखुम्बु, रसुवामा सिडिओ सरुवा  भएका छन् । 

यता सरुवामा परेका सिडिओ बरालले पनि  सरुवाबारे आफूले सुनेको तर पत्र नआइसकेको  दाबी गरे ।   मन्त्रालयले भोजपुर, सोलुखुम्बु, रसुवामा पनि  सिडिओ परिवर्तन गरेकाे बताइएकाे छ  । 

यसैबीच  निर्वाचन आचारसंहिता विपरित सिडिओ र प्रहरी प्रमुखको सरुवा गरेको भन्दै  क्षेत्र नम्बर १ का उम्मेदवार हितबहादुर तामाङले आपत्ति जनाएका छन् । 
उनले चुनाव आउन  ५ दिनमात्रै बाँकी रहेको बेला रातारात   सिडिओ र एसपी परिवर्तन गर्नु आपत्तिजनक भएको बताए । 
‘नितान्त नाजायज काम भएको छ । ५ दिनपछि निर्वाचन सम्पन्न हुँदैछ । निर्वाचनसँग सम्बन्धि  कर्मचारी खटनपटनदेखि लिएर सबै कामहरु अन्तिम चरणमा

पुगेको अवस्थामा     सिंगो कर्मचारीको  नेतृत्व गर्ने प्रजिअ र प्रहरी प्रमुखलाई जसरी सरुवा गरियो त्यसबाट विपक्षीले  आफूले भनेजस्तो  नतिजाको  नआउने देखेपछि चालेको चाल भन्ने प्रष्ट छ’, तामाङले रातोपाटीसँग भने, ‘  गृहमन्त्रालयको निर्वाचन सम्पन्न गर्नका महत्वपूर्ण भूमिका रहन्छ ।  तर, कर्मचारीलाई यसरी सरुवा गरेपछि त्यसको प्रभाव कस्तो पर्ला ?’

उनले हार्ने निश्चित भएपछि आफूविरुद्ध रामशरण महतले गम्भीर षड्यन्त्र रच्न थालेको भन्दै आक्रोश समेत व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप