शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्वोच्च परिसरमा बम राखिएको हल्लापछि ...

मङ्गलबार, ०५ मङ्सिर २०७४, १३ : ०६
मङ्गलबार, ०५ मङ्सिर २०७४

सर्वोच्च अदालतमा बम राखिएको हल्लापछि आजका लागि तोकिएका सबै इजलास रोकिएका छन् । 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख वरिष्ठ उपरीक्षक रवीन्द्रकुमार धानुकले अज्ञात व्यक्तिले सर्वोच्चमा बम राखिएको भन्दै फोन गरेपछि सर्वोच्च परिसरबाट सबै व्यक्तिलाई बाहिर पठाइएको जानकारी दिए ।

उनले भने, “बमको हल्लापछि हामीले सर्वोच्च परिसरभित्र खोजतलास जारी राखेका छौँ । अहिलेसम्म केही भेटिएको छैन ।” सर्वोच्चमा ४२८११७३ को ल्यान्डलाइन नम्बरबाट एक अपरिचित व्यक्तिले बम राखेको जनाउ दिएका थिए । 

इजलास शुरु हुन लागेका बेला आएको हल्लासँगै सर्वोच्चबाट हतारहतार न्यायाधीश, अधिवक्ता, कर्मचारी र सेवाग्राही बाहिरिएका थिए । अहिले सेनाको बम डिस्पोजल टोलीसमेत त्यहाँ पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप