शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनाव प्रचार शैलीः ‘तरकारीवाली’सँग भोट माग्दै, मतदातासँग सेल्फी खिच्दै !

मङ्गलबार, ०५ मङ्सिर २०७४, १२ : ०७
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ – मंगलबारको झुल्के घाँमसँगै असन, इन्द्रचोक र क्षेत्रपाटी भर्खर जागा बन्दै थिए । असन, इन्द्रचोक र क्षेत्रपाटीसँगै जोडिएकोे ठमेल त रातभरी जागा नै थियो । पर्यटकहरु हाइ काट्दै भर्खर सडकमा निस्किदै थिए ।
 राजधानीकै सबै भन्दा चर्चामा रहेको अशनका तरकारी पसलेहरु कालीमाटीबाट भर्खर ल्याएको ताजा तरकारीका बोराहरु खोल्दै थिए । विहानीमा मात्र खुल्ने फुटपाथ पसलका पोकाहरु पनि भर्खर खुल्दै थिए । त्यसैबेला सूर्य र हसियाँ हतौडा अंकित झण्डा बोकेकाहरु जोसिला नारा लगाउँदै बृद्ध–बृद्धा, युवाले करिब दुई घण्टा ती सडक र गल्लीहरु छिचोल्दै रहे । 
त्यही भीडमा थिए, काठमाडौँ क्षेत्र नम्बर–७ का प्रत्यक्षतर्फका उम्मेदवार रामवीर मानन्धनर, प्रदेशसभा तर्फ ‘क’ का उम्मेदवार वसन्त मानन्धर, समानुपातिक तर्फका उम्मेदवार अमररत्न बर्जाचार्य र मिना ज्ञवाली नेपाल पनि  । 
०७० सालको संविधानसभा निर्वाचनमा संविधान जारी गर्ने वाचासहित यही क्षेत्रका जनताको मतबाट विजयी भएका रामवीर मानन्धर त्यो भीडमा सबैको केन्द्रविन्दुमा थिए । 


क्षेत्रपाटीबाट सुरु भएको जुलुस ठमेलहुँदै ज्याँठा, अशन, इन्द्रचोक, बाङ्गेमुढा, नरदेवी, भुरुङखेल, धोवीचौरहुँदै फेरि क्षेत्रपार्टी चोकमै पुग्दा मानन्धरससहितको टोलीलाई स्थानीयले स्वागत गरेका थिए । 
धरेले त उहाँलाई नेवारी भाषा र लवजमै जितको शुभकामना दिन भ्याए । कतिपय ठाउँमा त रामवीर र वसन्तलाई बृद्धबृद्धाले टिका लगाएर जितको शुभकामना समेत दिन भ्याए ।  क्षेत्र पाटी चोकमै रहेको तरकारी पसलमा भोट माग्दै पुगेका मानन्धरलाई ‘तरकारीवाली’हरुले पनि जीतको शुभकामना दिन भ्याए । ‘चुनाव जितेपछि धेरै फर्किएर पनि आउँदैनन्,’ विगत २० वर्षदेखि त्यही चोकमा तरकारी बेच्दै आएकी ५५ वर्षीया महिलाले भनिन्,’ ‘उहाँ मलाई जनताको छोरा जस्तै लाग्छ । उहाँलाई जितको शुभकामना ।’
 तरकारीवाली महिला मात्र होइन क्षेत्र नम्बर–७ कै मतदाता स्टालिन श्रेष्ठले पनि रामवीरलाई जितको शुभकामना दिन भ्याए ।  सर्लाहीबाट आएर यही क्षेत्रमा लामो समयदेखि फलफुल बेच्दै आएका श्यामबाबु चौधरीले पनि रामवीर मानन्धरलाई जितको शुभकामना दिए । 
सो क्रममा मानन्धरसँग सेल्फी खिचाउनेहरु पनि देखिन्थे । 
यसैबीच कांग्रेसलगायतका दलले पनि घरदैलो  कार्यक्रमलाई तीब्र पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप