बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा चुनावि रौनक बढयो, कुन क्षेत्रमा को उम्मेदवार ?

मङ्गलबार, ०५ मङ्सिर २०७४, ११ : १८
मङ्गलबार, ०५ मङ्सिर २०७४

कपिलबस्तु– यहि मंसिर २१ गते हुन गईरहेको दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको रौनक बढे संगै कपिलवस्तुमा पनि विभिन्न पार्टी प्रतिनिधिहरुले आफ्नो चुनावि प्रचार प्रसार कार्यक्रम लाई तिव्रता दिएका छन ।
 

३ प्रतिनिधिसभा क्षेत्र र ६ प्रदेश सभा क्षेत्र रहेको  कपिलवस्तुमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधी सभाको लागि  प्रतिनिधीसभा क्षेत्र नं. १ मा दिपकुमार उपाध्याय,  प्रतिनिधी सभा क्षेत्र नं. २ मा सुरेन्द्र राज आचार्य,  र प्रतिनिधी सभा क्षेत्र नं. ३ मा युवा नेता अभिषेक प्रताप शाहले उम्मेद्वारी दिएका छन ।

 त्यस्तै नेपाली कांग्रेसबाटै प्रदेश सभामा प्रतिनीधि सभा १ को (१) बाट पुरन चौधरी,  (२) बाट राजेश आचार्य,  प्रतिनिधी सभा २ को (१) बाट जबाहरलाल चौधरी  (२) बाट सुधाकर पाण्डेय र प्रधिनिधी सभा क्षेत्र नं. ३ को (१) बाट अजय थापा  (२) बाट बिरेन्द्र कनौडियालेको उम्मेदवारी रहेको छ । 

                त्यस्तै बाम गठबन्धनद्वारा  प्रतिनिधी सभा क्षेत्र नं. १ बाट माओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य तथा पुर्व प्रधानमन्त्री प्रचण्डका राजनैतिक सल्लाहकार समेत रहिसकेका चक्रपाणी खनाल (बलदेव),   २ बाट बृजेश कुमार गुप्ता र ३ बाट  ईश्वर दयाल मिश्रको उम्मेदवारी रहेको छ । प्रदेश तर्फ  कपिलवस्तु प्रतिनिधी सभा क्षेत्र नं. १ को (१)  मा बिष्णु पन्थी, (२) मा अन्तराष्ट्यि खेलाडी फैजुल रहमान (फैजल खाँन) ,   प्रतिनीधी सभा क्षेत्र नं. २ को (१) मा दिर्ग नारायाण पाण्डे , (२) बाट धर्म बहादुर लाल श्रीवास्तव , र  प्रतिनीधी सभा क्षेत्र नं. ३ को (१)  मा अर्जुन के.सी.,  (२) मा जावेद आलम खाँ को उम्मेदवारी रहेको छ । 

             त्यस्तै संघीय समाजवादी फोरमको तर्फबाट कपिलवस्तुको प्रतिनिधी सभा क्षेत्र नं. १ मा अब्दुल रसिद खाँ, २ मा राम नेवास यादव र  ३ मा मंगल प्रसाद गुप्ताको उम्मेदवारी छ ।  

यसै गरि राजपाको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं. १ मा मधुसुधन सरण चौधरी,  प्रतिनिधी सभा ३ मा निबर्तमान सांसद नरसिंह चौधरीको उम्मेदवारी छ ,  भने नयाँशक्ति पार्टीको तर्फबाट प्रतिनिधीसभा क्षेत्र नं. १ मा पुर्व मन्त्री दान बहादुर चौधरीको उम्मेदवारी रहेको छ । 

    चुनाव नजिकिए संगै यति बेला कपिलवस्तुका उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त रहेका छन । सम्पुर्ण उम्मेदवारहरुले आफनो जित सुनिश्चित गर्दै गर्दा त्याहाँका स्थानिय वासिन्दाले भने विकास निकास गर्ने उम्मेदवार लाई मात्र मतदान गर्ने बताएका छन । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप