बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

लोकतान्त्रिक गठबन्धनको भच्चेकमा आमसभा

मङ्गलबार, ०५ मङ्सिर २०७४, ११ : ११
मङ्गलबार, ०५ मङ्सिर २०७४

गोरखा -काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गोरखाको विकासका लागि गोरखा–२ मा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई जिताउन आग्रह गर्नुभयो । 

नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले सोमबार गोरखाको भच्चेक बजारमा आयोजना गरेको चुनावीसभामा उहाँले नेपालमा संसदीय व्यवस्थाको विकल्प नरहेको चर्चा गर्दै काँग्रेसले बहुमतसहितको सरकार बनाउने विश्वास व्यक्त गर्नुभयो । 
पौडेलले भन्नुभयो, “अधिनायकवाद र लोकतन्त्रबीचको लडाइँ देखिन्छ । अधिनायकवादमा फस्ने कि लोकतन्त्रमा रमाउने भन्ने निर्वाचनबाट टुंगो लाग्छ ।” 
गोरखा–२ का उम्मेदवार तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले विकास र समृद्धिका लागि आफूलाई जिताएर पठाउन आग्रह गर्नुभयो । काँग्रेससँगको सहकार्यले मात्रै शान्ति र संविधान कार्यान्वयन हुने उहाँको भनाइ थियो । एमाले र माओवादी रूपान्तरण हुन नसकेको उम्मेदवार भटृराईको टिप्पणी थियो । 

काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले गोरखा–२ मा बाबुराम भट्टराईले जितेमा संसद्मा काँग्रेस बलियो शक्ति हुने बताउनुभयो । व्यक्तिगत पीडा भुलेर पार्टीको आह्वानअनुसार भोट दिन आग्रह गर्दै उहाँले संविधान र प्रजातन्त्र बचाउन काँग्रेसका उम्मेदवारले जित्नैपर्ने बताउनुभयो । 

काँग्रेसका अर्का केन्द्रीय सदस्य बालकृष्ण खाँणले संविधान निर्माणमा डा भट्टराईले निर्वाह गर्नुभएकोे भूमिका प्रशंसायोग्य छ भन्दै लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई बिनाहिचकिचाहट भोट दिएर जिताउन आग्रह गर्नुभयो । आमसभामा काँग्रेस केन्द्रीय सदस्य कमला पन्त, सुरेन्द्रराज पाण्डे, नयाँ शक्तिकी नेत्री करिष्मा मानन्धर, सहिद परिवारका सदस्य दीपक हमाल, काँग्रेस क्षेत्र नं २ का सभापति गोविन्द गुरुङ, नेपाल मुस्लिम संघका अध्यक्ष अब्दुल सतार, गोरखा–२ प्रदेशसभा क्षेत्र ९ख० का उम्मेदवार प्रकाशचन्द्र दवाडीलगायतले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गनुभएको थियो । 

यस्तै सोमबार नै गोरखाको आरुघाटमा आयोजित चुनावी सभालाई नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराई, काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण, गगनकुमार थापा, गोरखा–१ प्रतिनिधिसभाका उम्मेदवार चीनकाजी श्रेष्ठ, गोरखा–१ प्रदेशसभा ९ख० का उम्मेदवार राजेन्द्र बजगाईंलगायतले सम्बोधन गर्नुभएको काँग्रेस सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप