निर्वाचनमा खटाइने कर्मचारी गोलाप्रथाबाट छनोट गरिए पनि कार्यान्वयन भएन
चरिकोट - आगामी निर्वाचनमा कर्मचारी गोलाप्रथाबाट खटाइने भने पनि गोलाप्रथाबाट बनेको सूची दुई दिन पनि टिक्न नसकेको भन्दै सम्बद्ध कर्मचारी आक्रोशित बनेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कर्मचारी खटनपटनमा गोलाप्रथाको धज्जी उडाउँदै मनपरी गर्न शुरु गरेको केही असन्तुष्ट कर्मचारीको भनाइ छ ।
निष्पक्षताका लागि भन्दै कर्मचारी छनोट गरेर शुरुमा नै राम्रो सन्देश दिएको जिल्लाको मुख्य निर्वाचन कार्यालय अन्ततः विवादमा फसेको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोटमा विगतमा हाकिमका आसेपासेलाई सजिलो स्थान दिइएको आरोप लागेकाले यो पटक गोलाप्रथा गर्ने भनिएपनि त्यसको धज्जी उडाएकोे कर्मचारीको गुनासो छ ।
गोला प्रथाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत छनोट गर्न भनिए पनि जिल्ला निर्वाचन कार्यालय, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृत बसेर गोलाप्रथामा नै तलमाथि गरिएको आशंका केही कर्मचारीले गरे । योपटक गोलाप्रथा गोलमाल पार्न केही कर्मचारी र कार्यालय लागेको कर्मचारी विकास चौलागार्इंको दाबी छ ।
बढी भत्ताको लोभमा कोष तथा लेखानियन्त्रक कार्यालयका प्रमुखले आफ्ना नजिकका भाइ छिमेकी आफन्तलगायतको नामसमेत मतदान अधिकृत र सहायक मतदान अधिकृतमा पठाउन सफल भएको नाम नभन्ने शर्तमा एक मतदान अधिकृतले बताउनुभयो । यसबारे प्रमुखजिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई सोध्दा कर्मचारी खटाउन गोलाप्रथामा कुनै चलखेल नभएको र गोलाप्रथाकै आधारमा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइएको बताए ।
मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले गोलाप्रथाबाट कर्मचारी छनोट गरिसकेको र बिरामी सरुवा भएका कर्मचारी र जान्न भनेका केही कर्मचारीबाहेकको सूची तलमाथि नगरिएको जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता