शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण देश नै सक्किने डर छ: गगन थापा

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०९ : ५६
मङ्गलबार, ०५ मङ्सिर २०७४

बागलुङ - नेपालका कम्युनिष्टहरु एकिकृत भएका कारण देश नै सकिने नेपाली कांग्रेसका नेता गगन थापाले बताएका छन् । 

बागलुङको गलकोटमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले   कम्युनिष्टको एकताले देश दुर्घटनामा पर्ने खतरा बढेको बताए ।

उनले लोकतन्त्रको रक्षाका लागी अबको निर्वाचनमा नेपाली कांग्रेसले जित्नुको बिकल्प नभएको तर्क गरे । 

थापाले यस अगाडि जनतालाई दिएका आस्वासनका आधारमा संबिधान निर्माण गरेर जनताको अगाडि उभिएको दाबी गरे ।

उनले बन्दुक बोकेर देश परिवर्तन गर्छु भनेर हिँडेका कम्युनिष्ट मध्येका एक डाक्टर बाबुराम भट्टराई पनि कांग्रेसको मञ्चमा उभिएर कम्युनिष्टको बाटो गलत भएको  सन्देश दिएको बताए। 

कार्यक्रममा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उमेद्धार नर बहादुर पुन निरज, निर्वतमान सांसद तथा समानुपाति उमेद्धार ज्ञानकुमारी छन्त्याल, प्रदेश सभा समानुपाति उमेद्धार मणिभद्र कडेल, प्रदेश समा उमेद्धार मञ्जेश बम मल्ल, गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा लगायतले मन्तब्य राखेका थिए । 

-थम्मन थापा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप