बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कञ्चनपुरमा स्वास्थ्य संस्था सञ्चालनका लागि समिति गठन

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०९ : ०३
मङ्गलबार, ०५ मङ्सिर २०७४

कञ्चनपुर - शुक्लाफाँटा नगरपालिकामा रहेका स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालन लागि ‘स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापनसमिति’ गठन गरिएको छ । 

स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०७१ ९दोस्रो संशोधन, २०७३० लाई परिमार्जन गरी स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका व्यवस्थापन समिति गठन गरिएको हो । 

स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रका संरक्षकमा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐर, अध्यक्षमा लालबहादुर ऐर र सदस्यहरूमा व्यवसायीका तर्फबाट हेरन्द्र भण्डारी, शैक्षिक संस्थाका तर्फबाट राजेन्द्र पाण्डेय, नैनसिंह ऐर, वडा सचिव कृष्ण कार्की चयन भएका छन् ।  

समितिको संरक्षकका लागि स्थानीय लब्ध प्रतिष्ठित स्वास्थ्य क्षेत्रका जानकार एक महिला र वडा कार्यालयका अधिकृत गरी दुईजना मनोनीत हुने गरिने भएको छ । समिति गठनका क्रममा नगर प्रमुख ऐरले स्वास्थ्य चौकी र आयुर्वेद स्वास्थ्य केन्द्रको सेवा गुणस्तीय बनाई सेवा दिन स्वास्थ्यर्कीलाई निर्देशन दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप