शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नवलपरासीमा विप्लवका कार्यकर्ता पक्राउ: बँदेलसहित समातिए दुई व्यक्ति

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०८ : ३६
मङ्गलबार, ०५ मङ्सिर २०७४

परासी - नवलपरासीमा नेकपा (विप्लव)का दुईजना कार्यकर्ता पक्राउ परेक छन् । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बाधा अवरोध पु¥याउन सक्ने संकास्पद दुईजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासनले निर्वाचनलाई निस्पक्ष र स्वतन्त्र बनाउन जिल्लामा सुरक्षा व्यवस्था चुस्तदुरुस्त पार्ने बताएको छ ।

निर्वाचनको स्वच्छतालाई बिगार्ने प्रयास गर्ने नेकपाका कार्यकर्तालाई  नियन्त्रण लिन विशेष प्रहरी टोली समेत खटाएको छ । 

भुमहीबाट नेकपा लुम्बिीनी व्युरो तथा नवलपरासी ईन्चार्ज गंैडाकोट १६ बस्ने ३४ बर्षिय पदम केसी र नेकपा बर्दघाट नगर कार्यसमिति सदस्य बर्दघाट ४ बस्ने २३ बर्षीय मोहन सापकोटालाई पक्राउ गरि अनुसन्धान थालेको प्रहरीले जनाएको छ । 

एक बदेलसहित दुई जना पक्राउ
यसैबिच, बर्दघाट नगरपालिका १२ भटवलिया चोकमा सवारी चेकजाँचको क्रमम दुईजना युवक एक जिउँदो बदेल सहित पक्राउ परेक छन् । प्रहरीको छड्के चेकिङ्कमा उनीहरु पक्राउ परेका हुन् ।

लु २७ प ६८५७ नम्बरको मोटरसाईकलमा बंदेल ल्याइरहेको क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बर्दघाट १२ जमुनिया बस्ने २४ बर्षिय सुनलि बाँसफोर र सुनसरीको बाबियाचौर गाउँपालिका २ बस्ने १९ बर्षिय दिलिप बाँसफोर रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले पक्राउ गरेको ति दुई युवाहरुलाई बंदेल सहित जिल्ला बन कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप