शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘कृण्वन्तो विश्वमार्यम्’: विश्वलाई श्रेष्ठ बनाउने संकल्प

मङ्गलबार, ०५ मङ्सिर २०७४, ०८ : २६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं - विश्वव्यापी हिन्दू महिलाहरूको संगठनका रूपमा परिचित राष्ट्र सेविका नेपालको काठमाडौंमा तीन दिवसीय प्रशिक्षण वर्ग सम्पन्न भएको छ । 

राजधानीमा आयोजित कार्यकर्ता प्रशिक्षण वर्गमा अलका ताईको विशेष मार्गदर्शन प्राप्त भएको संगठनकी राष्ट्रिय कार्यवाहिका उर्मीला ढकालले बताइन् ।

उद्देश्य
उपस्थित सेविकाहरूलाई सम्बोधन गर्दै वर्गको उद्देश्य एवं राष्ट्र सेविका नेपालबारे जानकारी गराउने क्रममा प्रत्येक महिलाहरूको शारीरिक, मानसिक र बौद्धिक विकासको साथ साथै देश सेवा, सामाजिक समरसता, स्वधार्मिक विविधताको संरक्षण, समाजमा सेवा र त्याग भावनाले समाजलाई संगठित गर्दै तेजस्वी मातृ शक्तिद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने यस संस्थाको ध्येय रहेको कार्यवाहिका ढकालले बताइन् ।

परिवार मिलन कार्यक्रम
वर्गको दोस्रो दिन न्यूरोडस्थित मारवाडी सेवा समितिको सभाकक्षमा आयोजित परिवार मिलन कार्यक्रमलाई सम्बोधन गर्दै अलकाले मातृशक्ति र परिवारबाट नै श्रेष्ठ व्यक्ति र श्रेष्ठ समाजको निर्माण हुने बताइन् । 

उनले भनिन्,
-हामीले कृण्वन्तो विश्वमार्यम् भन्नुको अर्थ कसैको मतान्तरण गरेर उसलाई आर्य बनाउने नभएर, आर्य अर्थात् श्रेष्ठ आचरणसहितको जीवन पद्धतिको शिक्षा दिने उद्देश्य हो । 

-हामीले आर्य शब्दद्वारा कुनै जाति विशेषलाई सम्बोधन गरेको होइन । आर्यको अर्थ अनादिकालदेखि नै श्रेष्ठ भन्ने रहेको छ । 

-कृण्वन्तो विश्वमार्यम् भनेर हामी विश्वलाई नै श्रेष्ठ बनाउने संकल्प लिँदै हुन्छौँ । 

-मानवीय मूल्य, श्रेष्ठ आचार पद्धति, नैतिक शिक्षा आदिले हिन्दू धर्म स्वतः ओतप्रोत रहेकोले हिन्दूहरुले नै यो जिम्मेवारी उठाउन सक्ने छन् ।

परिवार मिलन कार्यक्रममा हिन्दू स्वयंसेवक संघ नेपालका राष्ट्रिय संघचालक हेमशर्मा आचार्य, राष्ट्रिय कार्यवाह मुरली निरौला, सह राष्ट्रिय प्रचारक रेवित कुमार, राष्ट्रिय बौद्धिक प्रमुख केशव कोइराला लगायतको सहभागीता थियो । 


प्रशिक्षणमा देशभरबाट ४६ सेविकाहरूको उपस्थिति थियो । विविध बौद्धिक सत्रमा व्यवहारलाई कसरी उद्देश्य अनुरूपको बनाउन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिइएको, धादिङबाट वर्गमा सहभागी सेविका दीपा सुवेदीले रातोपाटीलाई बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप