शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संघिय समाजवादी फोरमका प्रदेश उम्मेदवार बाम गठबन्धनमा

सोमबार, ०४ मङ्सिर २०७४, २० : ३४
सोमबार, ०४ मङ्सिर २०७४

थम्मन थापा

बागलुङ –आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिए सॅगै बागलुङमा चुनावी कार्यक्रमलाई बाम गठबन्धनले तिव्र पारेको छ । 

आज मात्रै एकै दिन ३ ठाउँमा चुनावीसभा सम्पन्न भएको छ । बागलुङ क्षेत्र नं २ को प्रदेश क अन्र्तगत गलकोट नगरपालिका वडा नं ४ डॉडाखेत, वडा नं २ नरेठॉटी र वडा नं १ दुदिलाभाटीमा चुनावी सभा सम्पन्न भएको हो । 

दुदिलाभाटीमा आयोजित चुनावीसभामा संघिय समाजवादी फोरम बागलुङ क्षेत्र नं २ क का प्रदेश उम्मेदवार विर बहादुर नेपाली बाम गठबन्धनमा प्रवेश गरेका छन । उनले देश बाम गठबन्धनमय भईसकेको र राष्ट्रको समृद्वि विकासमा बाम शक्ति अग्र पंक्तिमा रहेको भन्दै पार्टी परित्याग गरेको बताए । 

बडिगाड गाउँपालिका वडा नं ९ दर्लिङ घर भएका नेपाली आसन्न निर्वाचनमा प्रदेशसभा सदस्यको उम्मेदवार समेत रहेका छन । उनलाई नेकपा माओवादी केन्द्र स्थायी समिति सदस्य तथा बागलुङ क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार देबेन्द्र पौडेल, प्रदेशसभा उम्मेदवार चन्द्र बुढा सागर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले संयुक्त रुपमा अबिर र माला लगाएर बाम गठबन्धनमा स्वागत गरेका थिए । 

चुनावीसभामा राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार टंक केसी, नेकपा एमालेका गलकोट नगर समितिका अध्यक्ष डम्मर श्रीस र नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरेले मन्तव्य राखेका थिए । कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाका स्थानिय नेता कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप