बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

युएईमा नेपालीहरुद्वारा निशुल्क स्वास्थ्य परिक्षण

सोमबार, ०४ मङ्सिर २०७४, १८ : ३९
सोमबार, ०४ मङ्सिर २०७४

बिनोद श्रेष्ठ

युएई – युएर्इको अबुधावीस्थित अलएेनमा नेपालीहरूले निशुल्क स्वास्थ्य परिक्षण गराएका छन्। ‘स्वास्थ्यको लागि हिड्नुहोस्’ भन्ने मुल नाराका साथ ओपन हाउस रेष्टुरेन्टका सञ्चालक गुन्जमान गुरुङ को  बिशेष पहलकदमी र डार अल साफिया अस्पतालको सहयोगमा गत शुक्रबार तीनसय भन्दा बढि नेपालीहरूको निःशुल्क स्वास्थ्य परिक्षण भएको हो।

उक्त स्वास्थ्य परिक्षणमा चिकित्सकहरूले आँखा, घाँटी, कान, नाक, छाला सम्बन्धी रोगका साथै बल्ड प्रेसर, मधुमेह, रगत समेत परिक्षण गराएको थियो ।

स्वास्थ्य परिक्षणले युएर्इमा कार्यरत तर स्वास्थ्य बीमा परिचय पत्र (दामान कार्ड) नभएका नेपालीहरूलार्इ ठुलो सहयोग पुगेको ओपन हाउस रेष्टुरेन्टका सञ्चालक गुन्जमान गुरुङले बताए । 

उक्त स्वास्थ्य परिक्षणमा क्याम्प क्याम्प रहेका नेपाली कामदारहरूलार्इ निशुल्क यातायातको समेत ब्याबस्था गरिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप