बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवार नै एमालेमा प्रवेश

सोमबार, ०४ मङ्सिर २०७४, १८ : ३५
सोमबार, ०४ मङ्सिर २०७४

सिरहा – सिरहाका दक्षिणवर्ती क्षेत्रमा नेकपा एमालेमा आफ्नो बलियो पक्कड बनाउने भएको छ ।  एक साताभित्रै करिब ५ सय अगुवा कार्यकर्ता प्रवेश गराएर एमालेले आज दुई उम्मेदवारलाई नै पार्टीमा भित्र्याएका छन् ।

सिरहा नपा २ मा वाम गठबन्धनद्धारा आयोजित कार्यक्रममा दलित मुस्लिम जनशक्ति पार्टीकोतर्फबाट प्रतिनिधिसभाका उम्मेदवार कमल राय र प्रदेशसभाका उम्मेदवार मोताहिर मियाँलाई एमालेका केन्द्रिय सदस्य लीलालनाथ श्रेष्ठले पार्टीमा भित्र्याए । राउ सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाका र मियाँ प्रदेशसभा क्षेत्र नम्बर ३ (ख)बाट उम्मेदबार बनेका थिए ।

सिरहा प्रतिनिधिसभा क्षेत्र नं. ३ बाट वाम गठबन्धनका साझा उम्मेदवार बनेका श्रेष्ठ दक्षिणवर्ती क्षेत्रमा बलियो पक्कड बनाउन सकेर लागेका छन् । उनी भन्छन्, ‘दक्षिणी क्षेत्रमा एमाले अब झन मजबुत बनेको छ ।’ उनले दुई÷चार दिनभित्रै राजपा र फोरमका केन्द्रिय सदस्यहरु पनि एमालेमा प्रवेश गर्न लागेको बताए ।

वाम गठबन्धनले मात्र देशको विकास गर्न सक्ने भएकोले एमालेमा प्रवेशको लहर चलेको उम्मेदवार श्रेष्ठले बताए । उनले काँग्रेस र फोरमले देश विगारेको आरोप लगाउँदै अब बन्ने कम्यूनिष्ट सरकारले देश समृद्ध बनाउने दावी गरे । उनले वाम गठबन्धनबाट डराएका काँग्रेस र फोरमका नेताहरुले अनेकौं भ्रमहरु फैलाउन थालेकोले त्यस्तो भ्रमको पछाडी नलाग्न पनि मतदाताहरुसँग आग्रह गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप