शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावपछि देउवा सरकारले गरेका निर्णय उल्ट्याउछौंः केपी ओली

सोमबार, ०४ मङ्सिर २०७४, १७ : २६
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको चुनाबी सरकारले बदनियत राखेर गरेका सबै निर्णयहरु सच्याउने बताएका छन् । 
सोमबार काठमाडौमा नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान निर्बाचन गराउन भन्दा पनि देशलाई दूरगामी रुपमा नकारात्मक अशर गर्ने काम गरेकोले चुनावपछि बन्ने सरकारले  सरकारले गरेका बुढीगण्डकी लगायतका निर्णय सच्याउने बताएका हुन् । 
 यो  सरकार चुनाव गराउनका लागि मात्र भएकाले दूरगामी असर गर्ने निर्णय  गर्न नपाउने भन्दै अध्यक्ष ओलीले छिमेकी देशहरुसँग पारस्परिक सम्बन्ध र महत्व राख्ने आयोजना तथा ठूला आयोजनाहरुमा लाइसेन्स खारेज गर्ने तथा दिने काम भएकोले निर्वाचन पछि बन्ने आफ्नो सरकारले सबै गलत निर्णय सच्याउने बताए । 

कार्यक्रममा अध्यक्ष ओलीले नेपालको आर्थिक सम्वृद्धिमा छिमेकी दुई राष्ट्रको सकारात्मक सहयोग आबश्यक रहेको पनि बताए । 
एक महिना भन्दा कम आयु भएको सरकारले  अधिकार दुरुपयोग गर्दै छिमेकी संगको  सम्बन्ध बिगार्न खोजेको  बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप