शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तारकेश्वर नगरपालिकामा ज्योति विकास बैंकको शाखा

सोमबार, ०४ मङ्सिर २०७४, १७ : २०
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–ज्योति विकास बैंकले काठमाडौको तारकेश्वर नगरपालिका ११ स्थित नेपालटारमा  नयाँ शाखा विस्तार गरेको छ । 

बैंकले तारकेश्वर नगरपालिकाभित्र पहिलो बैँक शाखाको रुपमा आजदेखि नेपालटारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक कारोबार सुरु गरेको हो । 

 शाखाको उद्घाटनमा नगरपालिकाका मेयर रामेश्वर बोहरा र विकास बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का गरेका थिए । 

गत सातामा मात्रै बैंकले मकवानपुर जिल्लाको ग्रामिण भेग बागमती गाउँपालिकाको फापरबारी,  हेटौंडा बजार, र महोत्तरी   रामगोपाल पुरमा नँया शाखा संचालनमा ल्याएको थियो । 

बैकले बैँकिङ क्षेत्रलाई शहरी एवं ग्रामिण भेग र वित्तीय पहुँचन पुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफा मात्र सामाजिक उत्तर दायित्व र सेवाभाव समेतलाई जोड दिदै आएको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप