शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हाथवे इन्भेष्टमेन्ट आफ्नै भवनमा सर्याे

सोमबार, ०४ मङ्सिर २०७४, १६ : ५७
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–आइएमई समूहद्वारा प्रवद्र्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लैनचौर स्थित आफ्नै भवनमा सरेको छ ।
उद्घाटनको अवसरमा मन्तव्य दिदै अध्यक्ष चन्द्र ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापीटलमा कार्य गर्दै निजि क्षेत्रको उत्कृष्ट लगानीकम्पनीको रुपमा स्थापित गराउने बताए ।  

 स्थापनाको छोटो समयमा नै पुँजि बजारमा छुटै पहिचान बनाउन सफल कम्पनीको मुख्य उद्देश्य सूचीकृत कम्पनीहरुको शेयरमा लगानी गर्ने रहेको जनाइएको छ । 
कम्पनीले रियलस्टेट, हाईडोपावर, विमाब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको छ भने एन.वि.इन्स्योरेन्स कम्पनी र अरुण फाईनान्सको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी सफलतापूर्वक संचालनमा ल्याएको छ । 
नेपाल स्टक एक्सचेन्जको ओ.टि.सी मार्केटमा सूचिकृत  कम्पनीको शेयर खरिद बिक्रीगर्न इच्छुक लगानीकर्ताले ओ.टि.सी मार्केट मार्फत शेयर खरिद विक्रीगर्न सक्ने र कम्पनीको रु ५० प्रतिकित्ता शेयर रु १२५ मा अन्तिम कारोबार भएको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप