शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतलाई मिस वर्ल्डको उपाधि दिलाउने ६ सुन्दरी

सोमबार, ०४ मङ्सिर २०७४, १६ : ३७
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौँ  – ‘मिस वर्ल्ड २०१७’को ताज भारतकी मानुषी छिल्लरले जितेकी छन् । विश्वभरका १०८ प्रतियोगी सहभागी स्पर्धामा १०७ सुन्दरीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् । उनी भारतका लागि यो उपाधि भित्र्याउने सुन्दरीहरुमा ६ नम्बरमा परेकी छन् । 

रीता फारिया

 भारतका लागि मिस वल्र्डको कितावमा खाता खोल्ने काम सुन्दरी रीता फारियाले गरेकी थिइन् । १९६६ मा उनले भारतलाई पहिलो मिस वल्डको ताज दिलाएकी थिइन् । १९४५मा रातको मुम्बई शहरमा जन्मिएकी उनी यो मिस वल्ड हुने पहिलो एशियन सुन्दरी पनि हुन् । 

ऐश्वर्या राय 

ऐश्वर्याले १९९४मा मिस वल्र्डको किताव भारत भित्र्याएकी थिइन् । हाल बलिउड चलचित्र अभिनयमा क्रियासिल ऐश्वर्यालाई मिस वल्र्ड २०१४ सबैभन्दा सफल मिस वल्र्डको उपाधी दिइएको थियो ।

डायना हेडन 
 

हेदरावादकी स्थिायी बासिन्दा डायना हेडनले १९९७मा मिस वल्र्डकी ताज हातपारेकी थिइन् । डायना ‘बिस बोस २’को अलवा केही चलचित्रमा पनि देखिएकी थिइन् । 

युक्ता मुखी 
 

यक्ताले १९९९मा ४९ औ मिस वल्र्डका ताज हमफ्नो नाम पारेकी थिइन् । ९३ देशका सहभागीलाई पछि पार्दे उपाधी चुमेकी उनले २००२ मा प्रदर्शन भएको चलचित्र ‘प्यासा’मा आफताब शिवदासानीका साथ अभिनय गरेकी थिइन् । 

प्रियंका चोपडा 

बलिउड हुँदै हलिउड सम्मको अभिनयमा पुग्न सफल प्रियंकाले २००० मा मिस वल्र्डको ताज चुमेकी थिइन् । प्रियंका मिस वल्डको ताज जित्ने पाँचौ महिला हुन् । 

मानुषी छिल्लर 


मानुषीले केही दिन पहिले सम्पन्न मिस वल्डको ताज जितेकी हुन् । १७ वर्षपछि भारतलाई यो ताज उनले दिलाएकी हुन् । १०७ प्रतिस्पर्धीलाई पछि पार्दै चिल्लरले उपाधि चुमेकी थिइन् । २१ वर्षीय चिल्लर हरियाना राज्य हुन् । उनी यसअघि फेमिना मिस इन्डिया घोषित भएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप