बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भुवनले यसरी गरे निशाको तारिफ

सोमबार, ०४ मङ्सिर २०७४, १३ : १६
सोमबार, ०४ मङ्सिर २०७४

     काठमाडौं – शुक्रबारबाट प्रदर्शनरत चलचित्र ‘झ्यानाकुटी’को आइतबार बिषेश सो गरिएको छ ।  कमल पोखरी स्थित सिटीसेन्टरमा गरिएको बिषेश सो हेर्न अभिनेत्री चैत्य देबी र अभिनेता भुवन केसी लगायतको कलाकर्मी पुगेका थिए ।
चलचित्र हेरेपछि मनपरेको प्रतिक्रिया दिदै अभिनेता भुवनले आफुलाई विषयवस्तुले छोएको बताए । उनले थपे ‘भुवनले कथा वस्तु र कलाकारको अभिनय निकै राम्रो भएको बताउँदै मेकरको रुपमा निशाले चलचित्र राम्रोसंग बनाएकी छन् ।’
त्यस्तै अभिनेत्री चैत्य देवीले पनि चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइन् । उनले चलचित्रको कथा र पात्रको मिलाप निकै राम्रो भएकोले कहिँ कतै बोर नलाग्ने बताइन् ।
धम्पुसमा छायाँकन गरिएको चलचित्रले एक गाउँको दम्पतिको कथा देखाइएको छ । सिमोश सुनुवारको निर्देशन रहेको चलचित्रमा सौगात मल्ल , बेनिशा हमाल , सुमी मोक्तान ,  पुष्कर गुरुङ, कर्मा शाक्य, जीवन भट्टराईसंगै बालकलाकारको रुपमा एस्टल गुरुङको समेत अभिनय छ । 
चलचित्र सिमोश र निशा अधिकारीले मिलेर बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप