शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुःखले जुराएको यो भेट

सोमबार, ०४ मङ्सिर २०७४, १२ : ४४
सोमबार, ०४ मङ्सिर २०७४

 काठमाडाैं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको आकस्मिक हृदयाघातका कारण निधन भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली लाजिम्पाट पुगेका छन् । 

 देउवा र ओली सोमबार बिहान  प्रकाशलाई श्रद्धाञ्जली दिन र  प्रचण्डसहितका परिवारलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुगेका हुन् । 

सो क्रममा देउवा र  ओलीले घटनाले आफूहरु मर्माहत भएको भन्दै  प्रचण्डका साथै परिवारका सदस्यलाई गहिरो समवेदना प्रकट गरेका थिए । 

प्रकाशको     आइतबार बिहान ५ बजेर ५० मिनेट अचेतावस्थामा लाजिम्पाटमा भेटिएका प्रकाशलाईसुरक्षाकर्मीले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएको केहि मिनेटमै चिकित्सकले मृत घोषित गरेका थिए । 

प्रकाशको  आइतबारनै अन्तिम संस्कार गरिसकिएको छ ।

यसैबीच प्रकाशकाे निधनमा चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गरेका छन् ।


सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले पनि अध्यक्ष प्रचण्ड र सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गरेकी छिन् । समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गरेकी थिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप