बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्स्प्रेसको विजेता घोषणाः कारदेखि ओप्पो मोबाइलसम्म

सोमबार, ०४ मङ्सिर २०७४, १२ : २४
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं–सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको दसौँ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का,ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेता घोषणा गरेको हो ।
 

चाँदीको सिक्का विजेताका रुपमा सिता कुमारी माया,सुनावली राजवंशी,कुमार मग्राती,मोहन कुमार गुरुङ,दिल बहादुर गुरुङ,शारदा दलला र पार्वती थापा छनोट भएका छन् । 

यस्तै दोस्रो एलजी रेफ्रिजिरेटर विजेताका रुपमा नवलपरासीकी जुना विक छनोट भएकी छिन् । सिटी एक्स्प्रेसले नेपालीहरुको महान चाड दशैँ तिहार र छठलाई लक्छित गर्दे आफ्नो उपहार योजना सञ्चालन गरेको थियो । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको थियो । 

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीको सिक्काहरु,क्याप,टी सर्ट र किरिङ उपहार जित्न सक्ने छन् । 

यस्तै साप्ताहीक रुपमा एक जना भाग्यशाली विजेतालाई ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्तमा एक जना भाग्यशाली विजेताले बम्वर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । 

कम्पनीका अनुसार दैनिक ,साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोबार गर्ने दुर्वै वर्गका ग्राहक संलग्न हुने सक्ने कम्पनीले जनाएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप