शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाजिम्जपाट पुगेर ओलीले दिए प्रकाशलाई श्रद्धाञ्जली

सोमबार, ०४ मङ्सिर २०७४, १२ : ०३
सोमबार, ०४ मङ्सिर २०७४

काठमाडौं –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का दिवङगत  छोरा प्रकाश दाहाल‘साकार’लाई लाजिम्पाटमा गएर श्रद्धाञ्जलि दिएका छन् ।

ह्रदयघातका काराण प्रकाश दाहलको हिजो बिहान निधन भएको थियो । उनको अन्त्येष्टि हिजो साँझ ४ बजे पशुपति आर्यघाटमा गरेको थियो । 

ओली हिजो झापामा पहिला नै तय भएको चुनावी आम सभालाई सम्बोधन गरेर आजमात्र राजधानी आएका हुन् । 

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लाजिम्पाद पुगेर प्रकाशलाई श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारमा समवेदनमा प्रकट गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप