शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भारत पुगेको दशौँ गैँडाको उद्धार

सोमबार, ०४ मङ्सिर २०७४, ०९ : ४४
सोमबार, ०४ मङ्सिर २०७४

चितवन - साउन अन्तिम साता आएको बाढीका कारण बगाएको थप एउटा गैँडा भारतको पिप्रासीबाट आइतबार उद्धार गरी आज बिहान यहाँको सामुदायिक वनमा छाडिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार नेपाली सीमा क्षेत्रबाट ४० किलोमिटर पर उत्तरप्रदेश र बिहारको सीमा क्षेत्रबाट उद्धार गरी ल्याइएको सो गैँडालाई सौराहा नजिकै जनकौली सामुदायिक वनमा छाडिएको हो ।

यसअघि गैँडा उद्धारका लागि चार हात्तीसहित प्राविधिक टोली र सुरक्षाकर्मी खटिने भए पनि अहिले ६ वटा हात्ती पठाइएको थियो । विगतमा झै प्राविधिक टोली र सुरक्षाकर्मी नेपालबाट खटिएका थिए । भारतीय पक्षबाट पनि सुरक्षाकर्मी र कर्मचारी परिचालन भएको कँडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप