बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘कम्युनिष्ट शासन कस्तो हुन्छ १० वर्षमा जनताले देखे’ – उम्मेदवार न्यौपाने

आइतबार, ०३ मङ्सिर २०७४, २० : ५७
आइतबार, ०३ मङ्सिर २०७४

टीकापुर (कैलाली) – नेपाली कांग्रेस कैलाली क्षेत्र नं १ प्रतिनिधीसभाका उम्मेदवार ईश्वरी न्यौपानेले वामपंथीहरुले जनतालाई फेरि अर्को निरंकुशताको जंजिरमा वाध्न खोजी रहेकोले सवैलाई सचेत रहन आग्रह गरिन् ।

कम्युनिष्ट शासन कस्तो हुन्छ भनेर जनताले माओवादीले चलाएको १० वर्षको सशस्त्र आन्दोलनमा भोगीसकेकाले जनताले वामगठवन्धनलाई कुनै हालतमा पनि मत नदिने दावी गर्दै उम्मेदवार न्यौपानेले जनता लोकतन्त्रको पक्षमा रहेको वताइन् । 

२०७२ सालमा भएको टीकापुर घटनालाई नेपाली कांग्रेसले राजनीतिक आन्दोलनका क्रममा भएको अप्रिय घटना वताईरहेको स्पष्ट पार्दै उनले फेरि जातीय र साम्प्रदायिक नारा उचालेर सामाजिक सद्भाव विगार्न लाग्नेहरुका कडा शब्दमा निन्दा गरिन् । 

उनले माओवादीले १७ हजार मान्छे मार्दा राजनीतिक घटना हुने अनि  यसलाई मात्र जघन्य अपराध वताउने भन्ने प्रश्न गर्दै नेता न्यौपानेले थारुको अधिकार स्थापित गर्न काग्रेसले खेलेको भूमिकाप्रति सबै जानकार रहेको बताईन् ।

आईतवार टीकापुर ४ मा पार्टीको सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले आसन्न चुनावलाई लोकतन्त्रको रक्षाका लागी भईरहेको जनमत संग्रहको रुपमा परिभाषित गरिन् ।  

यो निर्वाचनपछि  देशले विकासको गति पकड्ने बताउँदै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी नेता न्यौपानेले कम्युनिष्टले देशलाई सधै अस्थिर वनाउन चाहेको आरोप लगाईन् ।

कार्यक्रममा प्रदेशसभा उम्मेदवार डा. रणवहादुर रावलले नेपाली जनताले लोकतान्त्रिक वातावरणमा देश विकास होस् भन्ने चाहना राखेको बताए । 

उनले टीकापुरलाई विकासको गतिमा लैजान सामाजीक सद्भाव अपरिहार्य रहेको बताउँदै नेपाली कांग्रेसले मात्र सवैलाई मिलाएर लैजान सक्ने विचार राखे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप