शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ शमसेर जबरा चौथौं पटक सम्मानित

आइतबार, ०३ मङ्सिर २०७४, १९ : ३६
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – सिप्रदी ग्रुप अफ कम्पनिजका अध्यक्ष सिद्घार्थ शमशेर जबरा व्यक्तिगत आयकर मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा लगातार चौथौं पटक सम्मानित भएका छन् । 


नेपाल सरकार, आन्तरिक राजश्व विभागले यहि शुक्रबार, मंसिर १ गते आयोजना गरेको छैठौं राष्ट्रिय कर दिवसको अवसरमा उनलाई  सम्मान प्रदान गरिएको हो । उनी संलग्न रहेको सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले पनि व्यापार व्यवसायतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा पनि सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता भएर व्यवसायी सिद्घार्थ राणा तीन वर्षदेखि सम्मानित हुदैं आएका हुन् ।

 
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अटोमोटीभ र अलाईड व्यवसायमा नेपालको ठूलो  तथा नाम चलेको  ब्राण्ड हो र सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप