सिद्धार्थ शमसेर जबरा चौथौं पटक सम्मानित
आइतबार, ०३ मङ्सिर २०७४, १९ : ३६
काठमाडौं – सिप्रदी ग्रुप अफ कम्पनिजका अध्यक्ष सिद्घार्थ शमशेर जबरा व्यक्तिगत आयकर मध्ये सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा लगातार चौथौं पटक सम्मानित भएका छन् ।
नेपाल सरकार, आन्तरिक राजश्व विभागले यहि शुक्रबार, मंसिर १ गते आयोजना गरेको छैठौं राष्ट्रिय कर दिवसको अवसरमा उनलाई सम्मान प्रदान गरिएको हो । उनी संलग्न रहेको सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले पनि व्यापार व्यवसायतर्फ सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७२÷७३ मा पनि सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता भएर व्यवसायी सिद्घार्थ राणा तीन वर्षदेखि सम्मानित हुदैं आएका हुन् ।
सिप्रदी ट्रेडिङ्ग प्रा. लि. अटोमोटीभ र अलाईड व्यवसायमा नेपालको ठूलो तथा नाम चलेको ब्राण्ड हो र सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा