शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दुुईतिहाई र स्थिर सरकारका लागि गठबन्धन : प्रभुु साह

आइतबार, ०३ मङ्सिर २०७४, १९ : २३
आइतबार, ०३ मङ्सिर २०७४

रौतहट– रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधीसभा सदस्यमा बाम गठबन्धनका उमेदवार एवं मन्त्री प्रभुु साहले देशमा दुुईतिहाईको स्थिर सरकारका लागि बाम गठबन्धन भएको बताएका छन् ।

गृहजिल्ला रौतहटको गुुजरा नगरपालिका खतवहिया टोलमा घरदैलोपछि भएको चुुनावी कार्यक्रममा मन्त्री साहले देशमा बर्षै पिच्छे सरकार फेरिने प्रकृयाले विकास निर्माण प्रभावित हुुने, भ्रष्टाचार बढेको, सुुशासनको अभाव देखिएकाले माओबादी र एमालेको गठबन्धन भएको साहले प्रष्ट्याए ।
उनले जिल्लाको समग्र विकासलाई गति दिन बाम गठबन्धन सक्षम हुने भएकाले क्षेत्र नम्बर ३ का जनताले आफुुलाई मत दिएर जिताउनेमा बिश्वस्त रहेको पनि मन्त्री समेत रहेका साहले बताए ।

कार्यक्रममा प्रतिनिधीसभाका समानुुपातिक उमेदवार वहिद अन्सारीले चन्द्रनिगाहपुुरमा शनिवार भएको बम बिष्फोटनको घटनालाई भत्र्सना गरे । यसैवीच  माओबादी क्रान्तिकारी बैद्य समुुहसँग आवद्ध मुुश्लिम मोर्चाका राष्ट्यि अध्यक्ष रसीद अन्सारी बाम गठबन्धनमा प्रवेश गरेका छन् ।

मधेशी,मुुश्लिम,दलित,जनजाती,आदीबासी लगायतका पिछडाबर्गको हक हित संरक्षण र अधिकार सम्पन्न बनाउने एकमात्र बाम शक्ति भएको भन्दै अध्यक्ष अन्सारी बाम गठबन्धनमा प्रवेश गरेका हुन् । रौतहटको कटहरिया नगरपालिका वडा ७ डुुमरियामा आयोजित चुुनावी सभामा निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उमेदवार प्रभुु साहले नवप्रवेसी अन्सारीलाई स्वागत गरेका थिए ।


अन्सारी २०४८ साल देखी माओबादी पार्टीमा सकृय रहेका थिए । पछि बैद्य समुह अल्गिएसंगै क्रान्तिकारीमा लागेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप