बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गोरखामा खुल्यो साधना लघुवित्त

आइतबार, ०३ मङ्सिर २०७४, १९ : १०
आइतबार, ०३ मङ्सिर २०७४

गोरखा– गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको आज एक समारोहका बीच नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले समुद्घाटन गरेका थिए ।

 उक्त समुद्रघाटन समारोहमा वोल्दै रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताउदै उनले वित्तीय संस्थाको मूललक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पुर्याउने हुनुपर्ने बताए ।  

ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नकालागिवित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताए । ग्रामीण क्षेत्रमा उद्यमशिलताको विकास, पर्यटनको प्रर्बद्धनका लागिवित्तीय संस्थाले लगानी गर्नु पर्ने कुरामा समेत उनले बताए ।

नेपालको गरिबीनिवारणका लागि लघुवित्त संस्थाले महत्वपूर्ण काम गरिरहेको वताउँदै लघुवित्तहरुलाई गाउँ घर केन्द्रित भएर कारोवार गर्न आग्रह समेत गरे । उनले नेपाल अवसरै अवसरको देश भएकोले युवाहरु रोजगारीका लागि विदेशिनु नपर्ने तर यहाँ भएको अवसरलाई प्रयोग गरीउद्यम शिलताको विकासमा जोड दिनुपर्ने औंल्याए । 
 
त्यस्तै कार्यक्रमम बोल्दै सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखा वासीहरुको क्रियाशिलतामा स्थापित यस वित्तीय संस्थाले पिछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदान गर्दै व्यवसायिक सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप