बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक व्यवस्थित गर्न निर्देशन

आइतबार, ०३ मङ्सिर २०७४, १७ : १९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं– नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट वैंकर) लाई आधारभूत शेयरधनी रहेको तथा आफ्नो मुख्य कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य गर्दा व्यवस्थित ढंगले गर्न निदेृशन दिएको छ । बोर्डले धितोपत्रको निष्काशन तथा विक्री प्रवन्धकको व्यवसथा गर्दा मर्चेन्ट वैंकिङ्ग व्यवसायलाई स्वच्छ, स्वतन्त्र तथा पारदर्शी वनाउन ३ बुँदे निर्देशन दिएको हो । 
बोर्डको निर्देशनमा निष्काशन तथा विक्री प्रवन्धकले आपूm आधारभूत शेयरधनी रहेको कम्पनीको धितोपत्रको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्न भनेको छ । त्यस्तै 
 निष्काशन तथा बिक्री प्रबन्धकले आफ्नो मुख्य कम्पनीको निष्काशन तथा बिक्री प्रबन्ध सम्बन्धी कार्य नगर्न रु 
निष्काशन तथा विक्री प्रवन्धकले आफुले निष्काशन तथा विक्री प्रवन्धको कार्य गरेको धितोपत्रको सार्वजनिक निष्काशनमा धितोपत्रको प्रत्याभूति नगर्न निर्देशन दिएको प्रवक्ता निरज गिरीले जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप