शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले दिए छोरा  प्रकाशलाई दागबत्ती

आइतबार, ०३ मङ्सिर २०७४, १७ : ०९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आजै अन्तिम दाह संस्कार गरिएको छ । 
आइतबार बिहान निधन भएका प्रकाशको पार्थिव शरीरमा बुवा प्रचण्डले अपरान्ह पशुपति आर्यघाटमा दागवत्ति दिएका थिए । प्रचण्डले हिन्दु परम्परा अनुसार कोट तथा जुत्ता खोलेर पार्थिव शरीरलाई तीनपटक घुमेपछि मात्रै दागबत्ती दिएका थिए ।
त्यसअघि प्रकाशको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चार घण्टा राखिएको थियो ।  
पार्टी कार्यलयमा दाहाललाई अन्तिम श्रद्धान्जलि दिन माओवादी केन्द्रका अधिकांश नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेस, एमाले नयाँ शक्तिलगायत पार्टीका शीर्ष नेता पुगेका थिए । २०३६ सालमा जन्मिएका प्रकाश २०५७ सालबाट पार्टीको पुर्णकालिन सदस्य बनेका थिए ।    
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप