एलजी ब्राण्डको वासिङ मेसिन बजारमा
आइतबार, ०३ मङ्सिर २०७४, १६ : ११
काठमाडौं– एलजी ब्राण्डका लागि अधिकारिक बिक्रेता चौधरी समूह अन्तर्गतको सीजी कम्प्लेक्सले नेपाली बजारमा ल्याएको छ ।
द फ्युचर अफ वासिङ भन्ने मुल नाराका साथ नयाँ ७ र ८ केजीका टप लोड वासिङ मेसिन भत्रियाएको हो ।
बिश्वबजार र नेपाली बजारमा अग्र स्थानमा आफ्नो पहिचान कायम राख्न सफल एलजीका वासिङ मेसिन गुणस्तरिय र इन्नोभेटिभ उत्पादनका लागि प्रख्यात छन् ।
यी दुई मेसिनमा टर्वो ड्रम जडित छन्, जसले तीन फरक किसिमले लुगाधुने गर्दछ, । जसलाई कम्पनीले स्मार्ट मोसन भन्ने गरेको छ ।
यी दुई मेसिनमा स्मार्ट इन्भर्टर मोटर जडित छन् जसमा १० वर्षको वारेण्टी पनि छ ।