शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशको टिकट रद्द गर्दै निर्वाचनमा युवा

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ४१
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – एउटा युवा बैदेशिक रोजगारीको लागि बिदेश जाने तयारीमा हुन्छ । ठिक यही समयमा गाउँघरमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लहर चलिरहेको छ । निर्वाचनकै दिन उसको बिदेश उड्ने टिकट छ । अन्तत सो युवाले बिदेश उड्ने टिकट रद्ध गर्छ । मुलुकमा प्राप्त गणतन्त्र र नयाँ संविधानलाई स्थापित गर्दै मुलुकमै अब केही गर्नुपर्छ भनेर उ गाउँ गाउँमा अबको चुनावमा कसरी मतदान गर्ने भनेर मतदाता शिक्षा दिन अहोरात्र खट्छ ।
हो, यस्तै यस्तै विभिन्न सन्देश बोकेको सडक नाटक ‘महादान’ यतीबेला मुलुकका विभिन्न स्थानमा मञ्चन भईरहेको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सन्दर्भमा निर्वाचन अयोगद्धारा सञ्चालन गरिने मतदाता शिक्षा कार्यक्रम अन्तर्गत सडक नाटक सञ्चलनमा ल्याइएको हो । आरोहण गुरुकुलसँगको सहकार्यसँगै सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)को संयोजकत्वमा विभिन्न नाट्य टोली अहिले फरक फरक निर्वाचन क्षेत्रमा सडक नाटक मार्फत निर्वाचन शिक्षा दिन व्यस्त छन् । 
यसै क्रममा पूर्वी जिल्ला पाँचथरका बिभिन्न गाउँपालीका स्थानिय बासिन्दाले मतदान शिक्षा लिएका छन् । हाम्रो थियटर समुहले शनिबार जिल्लाका विभिन्न स्थानमा सडक नाटक महादान मञ्चन गर्दै निर्वाचन शिक्षा दिएको हो । यो समुहले पाँचथर कुम्भायक गाउँपालीको यासोबजार, मित्राफुङ गाउँपालीकाको रबि बजार, तुम्बेवा गाउँपालीकाको दशमी बजार र फाल्गुनन्द गाउँपालीकोको घुर्विस कचमी बजारमा नाटक प्रदर्शन गरेको छ । नाटकमा उल्लेख्य जनसमुदायको सहभागीता रहेको र सबैले सुरु देखि अत्यसम्म नाटक चासो पुर्वक हेरेको थियटर समुहका निर्देशक प्रेम ओझाले जानकारी दिए ।
यस्तै नाचघरबाट निर्वाचन शिक्षाका लागि रामेछाप पुगेका कलाकारहरुले रामेछापको बिभिन्न स्थानमा नाटक मञ्चन गरेको छ । टोलीका प्रमुख रमेश केसी मट्टारेका अनुसार  रामेछापको लिखु गाउँपालीकाको धोबी बजार, गोकुल गंगा गाउँपालीकाको रस्नालु बजारमा पनि नाटक प्रदर्शन गरिएको छ । 
नाचघरकै कलाकार आकाश थापाको नेतृत्वमा गएको अर्काे टोलीले दोलखाको बिभिन्न स्थानमा नाटक प्रदर्शन गरेको छ । टोलीले शनिबार दोलखाको चरिकोट बजारमा, जिल्ला निर्वाचन कार्यलय चरिकोटमा, कालिन्चोक गाँउपालीका सुनखानी बजारमा र विगु गाउँपालीका सिङटी बजारमा सडक नाटक महादान मञ्चन गरेको छ ।
‘हरेक ठाउँमा नाटक हेर्न स्थानीयहरुको प्रसस्त उपस्थिति रह्यो । ठाउँ अनुसार करिब दुई सय ५० देखि पाँच सयसम्म दर्शकको उपस्थिति भयो ।’ निर्देशक थापाले भने,‘महादान नाटक मञ्चनका क्रममा त्यहाँ आगामी १० मँसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको मतदान कसरी गर्ने भन्ने बारे दर्शकले चासो राखे ।’
शनिबार नै भिक्टोरिया इन्टरटेन्टमेन्ट प्रालीले पनि मुस्ताङको खासाङ गाउँपालीकाको केवाङ भन्ने ठाउँमा नाटक महादान प्रदर्शन गर्यो । नाटकका निर्देशक संगम कायस्थाका अनुसार यो ठाउँका स्थानियले नाटक मार्फत शिक्षासँगै मनोरञ्ज समेत लिए । एकसय हाराहरीको उपस्थितीमा सुरु गरिएको नाटक हेर्न वरपरका गाउँबाट समेत स्थिानिय आउँदा अन्तिमसम्ममा चारसय दर्शक नाघेको निर्देशक कायस्थाको भनाई रहेको छ । 
स.पु सास्कृतीक मञ्चले पनि शनिबार बझाङको बिभिन्न गाउँपालीकामा नाटक मञ्चन गरेको छ । त्यहाँको सुरुमा गाउँपालीकाबाट सुरु भएको नाटक तालकोट गाउँपालीका, जयपृथ्बी नगर गाउँपालीका, मास्ता गाउँपालीका हुँदै काडाँ गाउपालीका सम्ममा मञ्चन भयो । यि स्थानमा नाटक प्रदर्शनको क्रममा जिल्ला निर्वाचन अधिकारी ध्रुब कुमार अधिकारीको पनि साथ रहेको नाटक निर्देशक अनिल रिजालले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप