शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दर्शकले मन पराए ‘जुभेनायल’

आइतबार, ०३ मङ्सिर २०७४, १५ : ३९
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौं – नेपालकै पहिलो महिला छायाँकार शवनम मुखिया निर्देशित चलचित्र ‘जुभेनायल’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । च्यारेटिका रुपमा देशभर प्रदर्शनमा ल्याइएको यो चलचित्र दर्शकले समेत रुचाएका छन् । शुक्रबार बागबजार स्थित सिटीम्याक्स चलचित्र भवनमा गरिएको प्रर्दशनमा  दर्शकको उल्लेख्य उपस्थिती रहेको निर्देशक मुखियाले बताइन् । ‘चलचित्र पहिले देशभर च्यारेटिको रुपमा प्रदर्शन गरिने छ’ मुखियाले थपिन् ।

वरिष्ठ कलाकार रवि गिरी, विद्या कार्की, शारदा गिरी, गीता अधिकारी, डा.घनश्याम खतिवडा, कुमार गजुरेल, सञ्जना तिमल्सिना, मोहन चाम्लिङ राई, माधव पौडेल, ओमकृष्ण भण्डारी, विष्णुप्रसाद कोइराला, सविन कटुवाल, जगदीश अधिकारी, निशा थापा, ओम खतिवडा, कवि राई, चन्द्र थापा, प्रेम कार्कीलगायतको अभिनय रहेको चलचित्र स्कुल तथा कलेजका युवायुवतीलाई लक्षित गरि बनाइएको हो ।

ड्रिम वल्र्ड अफ फिल्म मेकर्स प्रालिको ब्यानरमा निर्मित ‘जुभेनायल’ एक घण्टा अवधिको रहेको छ । ‘जानी नजानी कुलतमा फसेका युवायुवतीलाई कुलतबाट मुक्त गराउन सकिन्छ भन्ने सन्देश चलचित्रले दिन्छ ।’ मुखियाले थपिन् ।

माधव पौडेल निर्माता रहेको चलचित्रमा सन्तोष श्रेष्ठ र नितेशजंग कुँवरले संगीत दिएका छन् । युवराज चौलागाईं, भूपू पाण्डे, नितेशजंग, एन्जेला रेग्मी र भूमिका सुब्बाको चलचित्रको गीतमा स्वर रहेको छ । 

चलचित्रको केही दिन पहिले ट्रेलर र ‘जुनतारा...’बोलको गीत सार्वजनिक गरिएको छ । युट्युवमा समेत राखिएको ट्रेलर र गीत दर्शकको रोजाइमा पर्न सफल भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप