डेनमार्कको निर्वाचनमा नेपाली उम्मेदवार
आइतबार, ०३ मङ्सिर २०७४, १५ : ३६
काठमाडौं–डेनमार्कमा मंगलवार हुने निर्वाचनका लागि एक नेपालीले उम्मेदवारी दिएका छन् । डेनमार्कको प्रमुख दल सोसल डेमोक््रयाटबाट हरि न्यौपानेले उम्मेदवारी दिएका हुन् ।
कोपेनहेगन नगरमा बस्ने नेपालीहरुले न्यौपानेको पक्षमा मतदान गर्न सक्नेछन् । न्यौपानेलाई अन्य देशका आप्रवासीहरुको पनि मत प्राप्त हुने आंकलन गरिएको छ । राजधानी कोपेनहेगनमा रहेका सोमालिया,बंगलादेश र इथियोपियाका नागरिकहरु न्यौपानेको पक्षमा रहेको वताइएको छ ।
डेनमार्कमा प्रि इलेक्सनको पनि व्यवस्था भएकोले गत शुक्रबार प्रि इलेक्सन सकिएको छ । नगरपालिका कार्यालय र पुस्तकालयहरुमा प्रि इलेक्सन सकिएको छ ।
चितवनमा जन्मिएका न्यौपानेले कोपेनहेगनको बिस्पबिया क्षेत्रबाट उम्मेदवार दिएका हुन् । न्यौपानेले जित निकाल्न दुई हजार मत आवश्यक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश