मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

डिम्याट खातालाई व्यवस्थित र पारदर्शी बनाउन भन्दै धितोपत्र बोर्डले चाल्यो यस्तो कदम

आइतबार, ११ असार २०७४, २१ : ३४
आइतबार, ११ असार २०७४

काठमाडौं – नेपला धितोपत्र बोर्डले आफ्नो रजत जयन्ती महोत्सव मनाए सँगै डिम्याट खातालाई व्यवस्थित र पारदर्शी अघि सरेको पाइएको छ ।
 केन्द्रीय निक्षेप सेवा नियमावली, २०६७ वमोजिम निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरी  डिम्याट खाता खोल्न सक्ने व्यवस्था वमोजिम लगानीकर्र्ताहरुबाट बहुखाता खोलि रहेकोमा हालै लागू गरिएको आस्वा प्रणाली र बाँडफाँड प्रणालीको कार्यान्वयनलाई प्रभावकारी  बोर्डले यस्तो कार्यक्रम अघि सारेको हो । 

लगानीकर्ता एवं बजारको दीर्घकालीन हितलाई समेत दृष्टिगत गरी हाललाई लगानी व्यवस्थापनमा सहभागी भएका लगानीकर्ताको हकमा लगानी व्यवस्थापनमा सहभागी हुनका लागि लगानी व्यवस्थापन अनुसार डिम्याट खाता खोल्न सक्ने र अन्यको हकमा बढीमा दुई डिम्याट खाता खोल्न सक्ने व्यवस्था गरिएकोे जनाइएको छ । 

साथै हाल दुईभन्दा बढी डिम्याट खाता भएका लगानीकर्ताहरुलाई उपर्युक्तानुसार बढीमा दुई डिम्याट खाता कायम गर्न २०७४ भाद्र मसान्तसम्म समयावधि प्रदान गर्ने समेत जनाइएको छ । 

 धितोपत्र हस्तान्तरण गर्दा शूल्क नलाग्ने व्यवस्था गर्न र लगानी व्यवस्थापनको लागि खोलिएको डिम्याट खाता बन्द गरेमा उक्त खाता बन्द गर्ने जिम्मेवारी सम्बन्धित लगानी व्यवस्थापकको हुने व्यवस्था समेत गरिएको बोर्डद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।  
यसबाट डिम्याट खाता संचालन कार्य थप व्यवस्थित तथा पारदर्शी भई लगानीकर्ताको वास्तविक संख्या समेत यकिन गर्न सहज हुने बोर्डको विश्वास रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप