काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्छ ः निधि
महेन्द्रनगर -नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले काँग्रेसले नै सबैको अधिकार सुनिश्चित गर्ने बताउनुभएको छ ।
रौनियार सेवा समितिद्वारा जनकपुरमा आयोजित कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार निधिले राणा शासनकालदेखि हालसम्म नागरिक अधिकार बहालीका लागि संघर्ष गर्दै आएकाले काँग्रेसका उम्मेदवारलाई विजयी बनाउन आग्रह गर्नुभयो ।
जनकपुर शुरुदेखि नै क्रान्ति र आन्दोलनको भूमि भएको हो भन्दै उहाँले काँग्रेसले नै संविधान संशोधन प्रस्ताव अगाडि बढाएपछि निर्वाचन सम्भव भएको बताउनुभयो ।
रौनियार सेवा समितिका अध्यक्ष लालबाबु गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं ३ खका प्रदेशसभा सदस्यका उम्मेदवार श्याम साह तथा सत्यनारायण साह, राधेश्याम गुप्ता, सुधीरकुमार साह, मनमोहन साह, रामप्रताप रौनियार, पुरन गुप्ता, राजकिशोर गुप्ता, हंशराज गुप्ता लगायतले आआफ्नो विचार राख्नुभएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस
-
म्याक्सचेञ्ज मेला आयोजना गर्दै टाटा मोटर्स
-
चेन्नई लखनउसँग ६ विकेटले पराजित
-
गोरखा महाभूकम्पको ९ वर्ष, सामान्य बन्दै बारपाकीको जनजीवन (तस्बिरहरू)