मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिष्टले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता ः सचिव ज्ञवाली

आइतबार, ०३ मङ्सिर २०७४, १३ : ३५
आइतबार, ०३ मङ्सिर २०७४

प्रकाश सिलवाल ।कौरव खत्री 

तम्घास - नेकपा ९एमाले०का सचिव प्रदीप ज्ञवालीले स्थापनाकालदेखि नै नेपालका कम्युनिष्टले लोकतन्त्रका लागि संघर्ष गर्दै आएकाले वाम गठबन्धनले जितेमा अधिनायकवाद आउँछ भन्नु वैचारिक दरिद्रता भएको बताउनुभएको छ । 

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुल्मी क्षेत्र नं १ को निर्वाचन प्रचारमा रहनुभएका सचिव ज्ञवालीले रासससँग कुरा गर्दै भन्नुभयो, “नेपाल कम्युनिष्ट पार्टीको जन्म नै राणाशासनको अन्त्यका लागि संघर्ष गर्ने लक्ष्यका साथ भएको थियो । त्यसपछि हामी निरंकुश पञ्चायत र राजतन्त्र विरोधी आन्दोलनमा विनासम्झौता लाग्यौँ । यस्तो शक्ति अलोकतान्त्रिक हुनै सक्दैन ।” सत्तारूढ नेपाली काँग्रेसका नेताहरूले भने वाम गठबन्धनले बहुमत ल्याएमा लोकतन्त्र खतरामा पर्ने बताउँदै आएका छन् । 

नेता ज्ञवालीले पञ्चायत विरोधी आन्दोलनमा लाग्दा आफ्ना पार्टीका कतिपय नेता डेढ दशकसम्म कारागारमा बस्न बाध्य भएको स्मरण गर्दै आफूहरूले गरेको उक्त दृढताको प्रदर्शनलाई कमजोर नठान्न आग्रह गर्नुभयो । “मलाई दुःख त यसमा लाग्यो कि कम्युनिष्ट शासन आएमा रुन वा अन्तर्वार्ता पनि दिन पाइँदैन भन्ने काँग्रेसका नेताहरु के पढ्छन् रु म उहाँहरूलाई यस प्रकारको वैचारिक शून्यता र दरिद्रता प्रदर्शन नगर्न निःशुल्क सल्लाह दिन चाहान्छु ।” ज्ञवालीले भन्नुभयो, “अहिले विश्वमा सबभन्दा बढी विदेशी लगानी भएका र कम्युनिष्ट शासन भएका मुलुक चीन र भियतनाम हुन्् । अनि नेपालमा कम्युनिष्टले जित्दा विदेशी नआउने भन्ने प्रश्नै आउँदैन ।” 

एमाले र नेकपा ९माओवादी केन्द्र० बीचको पार्टी एकीकरण वार्ता र समन्वयका लागि काम गर्दै आउनुभएका नेता ज्ञवालीले आफूहरुबीच निर्वाचनपछि वैचारिक र छलफल गर्न बाँकी विषय थाती राखेर एकता हुने स्पष्ट गर्नुभयो । उहाँले दुवै पार्टी माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै हिंसात्मक राजनीतिको अन्त्य, संविधानको कार्यान्वयनबाट समाजवाद र लोकतान्त्रिक प्रतिस्पर्धाको नीतिमा रहेकाले एमालेको जनताको बहुदलीय जनवाद र केन्द्रको एक्काइसौँ शताब्दीको जनवादबीच खासै भिन्नता नरहेको टिप्पणी गर्नुभयो । 

नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीसँगको प्रतिस्पर्धामा रहनुभएका पूर्वमन्त्री ज्ञवालीले रेसुङ्गा विमानस्थल सञ्चालन, कालीगण्डकी करिडोरलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने, एक वर्षभित्र प्रत्येक स्थानीय तहमा बाटो पक्की गर्नेलगायत पर्यटन विकास, कृषिमा आधुनिकीकरण, मानव संशाधन र सामाजिक विकासको प्रतिबद्धता सार्वजनिक गरिसक्नुभएको छ । 
काँगे्रसका नेता भण्डारीले पनि समग्र गुल्मीको विकास आफ्नो चुनावी कार्यसूची भएको बताउनुभयो । “मेरो पहलमा बुटबलको सिद्धबाबादेखि सदरमुकाम तम्घासको विकल्पका रूपमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन दु्रतमार्ग अगाडि बढिरहेको छ”, उहाँले भन्नुभयो । 
नेता भण्डारीले आफ्नो तलब रकम गरीब र पीडित बालबालिकालाई छात्रवृत्तिका उपलब्ध गराउनुभएको र विद्यालय भवन निर्माण गरिरहनुभएको छ । 
रिडी–रुद्रवेनी–वामीटक्सार सडकखण्डलाई ढोरपाटनसम्म पु¥याइने र आवश्यक ठाउँमा पक्की पुल र सिंचाइ व्यवस्थापन गरिने बताउँदै उहाँले समग्र जिल्लालाई आर्थिकरूपमा समृद्ध बनाइने दृढता व्यक्त गर्नुभयो । 
पाँच नं प्रदेश टुक्रयाउन नहुने विचारमा रहनुभएका भण्डारी बागलुङको गलकोट नगरपालिकामा सोमबार रामचद्र पौडेल र गगनकुमार थापासँग जाँदै हुनुुहुन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप