शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन कार्यालयमा सकेट बम

आइतबार, ०३ मङ्सिर २०७४, १३ : २९
आइतबार, ०३ मङ्सिर २०७४

मलेखु -जिल्ला निर्वाचन कार्यालय धादिङ परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज फेला परेको छ । 
कार्यालय अगाडि प्रहरीको निगरानी भइरहने स्थानमा सकेट बम फेला परेको हो । कार्यालयको ढोकामै राखिएको बम फेला परेपछि सुरक्षाकर्मी परिचालन गरी पुछार बजार क्षेत्रलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो । निर्वाचन बहिष्कार गर्ने नेकपाले बम राखेको केसीको भनाइ छ । 
कार्यालयमै बम भेटिएपछि त्यहाँको कामसमेत प्रभावित भएको छ । बम निष्क्रिय पार्न नेपाली सेनाको टोलीले प्रयास गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप