शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दृष्टिविहीन बालबालिकाका लागि दम्पतीले गरे एक करोड बराबरको जग्गादान

आइतबार, ०३ मङ्सिर २०७४, १२ : २८
आइतबार, ०३ मङ्सिर २०७४

पोखरा । दृष्टिविहीन बालबालिकालाई शिक्षा प्रदान, क्षमता अभिवृद्धि र आत्मनिर्भर बनाउने उद्देश्यले पोखरा–लेखनाथ महानगरपालिका–१४ का एक दम्पतीले रू एक करोड मूल्य पर्ने जग्गा दान गरेका छन् । 

स्थानीय भीम तिमिल्सिना र श्रीमती बन्दना तिमिल्सिनाले महानगर–१४ चाउथेमा रहेको रू एक करोड मूल्य पर्ने पाँच आना दुई दाम जग्गा दान गरेका हुन् । 

उनीहरूले उक्त जग्गा नेपाल नेत्रहीन संघको नाममा रजिष्ट्रेशन गरी जग्गाधनी पुर्जा संस्थाका अध्यक्ष लक्ष्मण सुवेदीलाई हस्तान्तरण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप