मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवारहरुमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : प्रधानमन्त्री देउवा

आइतबार, ०३ मङ्सिर २०७४, १२ : ५०
आइतबार, ०३ मङ्सिर २०७४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन अभियानका क्रममा उम्मेदवारहरुमाथि आक्रमण प्रयास गर्नेहरुलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । 

प्रधानमन्त्री देउवाले निर्वाचनमा खटिएका उम्मेदवारहरुमाथि आक्रमण प्रयास भईरहेकोप्रति घोर निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । 

चुनावी प्रचार अभियानका क्रममा आईतबार विहान गृहजिल्ला डडेलधुरामा स्थानीय संचारकर्मीमाझ उनले निर्वाचन विरोधी गतिविधि दोेहोरिन नदिने दृढता पनि व्यक्त गरे । 

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग तत्काल बैठक बसेर निर्वाचन विरोधी गतिविधि हुन नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाउने पनि स्पष्ट पारे । प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्कने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवाले काठमाडौं आउने वित्तिकै सुरक्षा परिषदको बैठक बसेर सुरक्षा व्यवस्थालाई अझै सुदृढ बनाउने पनि उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधिलाई निष्तेज पार्न सरकारले चार वटै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सचेत गराईएको पनि स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप