शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रकाश दाहालको दाहालको निधन

शनिबार, ०२ मङ्सिर २०७४, ०८ : ३७
शनिबार, ०२ मङ्सिर २०७४

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पुत्र प्रकाश गम्भिर बिरामी भएर अस्पताल भर्ना भएका छन् ।

हृदयघात भएपछि उनलाई बिहान ६ बजे नर्भिक अस्पताल भर्ना गरिएको हो । 

पारिवारिक स्रोतका अनुसार उनको अवस्था गम्भिर रहेको छ । 

आज बिहान ५ बजेर ३८ मिनेट जाँदा उनलाई हृदयघात भएको थियो । उनलाई नर्भिकमा पौने ६ बजे ल्याइएको र अहिले उपचारको प्रक्रिया चलिरहेको पारिवारिक स्रोतले जानकारी दियो ।

वाइसीएलका अध्यक्ष दीपशीखाले दिएको जानकारी अनुसार प्रचण्ड बिराटनगरबाट काठमाडौँ आउँछन् भने पत्नी बिना मगर कञ्चनपुरबाट काठमाडौँ आउँदैछिन् ।

यति बेला अस्पतालमा सञ्चारकर्मी तथा सुरक्षाकर्मीको बाक्लो भीड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप